Logo

एनसेलको आम्दानी र नाफा दुवै घट्यो, दोष सबै सरकारलाई !



Spread the love

१९ बैशाख, काठमाडौं ।

नेपाल सरकारले बढाएको करको दायराका कारण टेलिकम सेवा प्रदायक एनसेलको आम्दानी र नाफा दुवै घटेको छ । आजियटाले सार्वजनिक गरेको सन् २०१८ को प्रतिवेदनमा वाषिर्क आम्दानीमा १ प्रतिशत र नाफामा १९ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षमा सरकारले भ्वाइस सेवातर्फको दूरसञ्चार सेवा दस्तुर ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पुर्‍याएको थियो । यस्तै टेलिकम कम्पनीको डाटातर्फ पनि १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुर लगाउने निर्णय गरेको थियो ।

एनसेलले गत वर्ष ५७ अर्ब ५० करोड आम्दानी गरेको थियो । सबै कर भुक्तानीपछिको नाफा १५ अर्ब ३० करोड मात्रै भएको तथ्यांक सार्वजनिक गरिएको छ । यो आम्दानी र नाफाको तथ्यांक सन् २०१७ को भन्दा कम हो । सन् २०१७ मा एनसेलले ५८ अर्ब बढी आम्दानी गरी करिब १९ अर्ब नाफा कमाएको थियो ।

अहिले इन्टरनेटको माध्यमबाट एप प्रयोग गरी भ्वाइस र भिडियो कल गर्न मिल्ने भएकाले अर्को देशको नम्बरमा फोन गर्नुपर्दा टेलिकमको नेटवर्क प्रयोग गर्दा आम्दानीमा ३३ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्