Logo

प्रधानमन्त्री बसेको सिट जलाइयो



Spread the love

1474216262_dahal

प्रधानमन्त्री पुष्पकमल दाहाल मङ्सिर १२ गते साझा यातायातको पुल्चोक कार्यालयमा पुगे । उनले ३० वटा साझाले ल्याएका बस अवलोकन गरे । त्यसपछि उनी साझा बस चढेर सिंहदरबारस्थित कार्यालय जाने निर्णयमा पुगेको खबर आजको नागरिकमाछापिएको छ ।
तत्काल साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले प्रधानमन्त्रीलाई बा ४ ख ५६४८ नम्बरको बुमा चढाए । उक्त सिट विशेष सुविधायुक्त थियो । प्रधानमन्त्रीले चढेको उक्त बसको सो सिट शनिवार बन्दको अवज्ञा गरेको भन्दै जलाइएको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको पार्टी कार्यकर्ताले शनिवार बालाजु बाइपासमा आगो लगाएको बस प्रधानमन्त्री दाहालले उद्घाटन क्रममा चढेका थिए । प्रधानमन्त्री बसेकै सिट जलेर नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्