Logo

युरोपा लिगः चेल्सी बराबरीमा रोकिँदा आर्सनलको रवाफिलो जित



Spread the love

२० बैशाख, काठमाडाैँ – युरोपा लिग फुटबलको सेमिफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा इंग्लिस क्लब चेल्सी बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा चेल्सी र जर्मन क्लब आइनट्रायच फ्रान्कफर्टले १–१ गोलको बराबरी खेलेका हुन् ।

बार्सिलोना लगायत युरोपका ठूला क्लबको निशाना बनेका लुका जोभिचले खेलको २३ औ मिनेटमा गोल गर्दै फ्रान्कफर्टलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४५ औँ मिनेटमा चेल्सीका पेड्रोले गोल गर्दै खेल बराबरीमा ल्याए । अब चेल्सीले सेमिफाइनलको दोश्रो लेग आफ्नो घरेलु मैदानमा मे १० तारिखमा खेल्नेछ ।

यो खेलबाट चेल्सीले अवे गोलको फाइदा लिएको छ । अब चेल्सीले घरेलु मैदानमा चेल्सीले गोल रहित बराबरी खेले पनि उसका लागि सेमीफाइलनका लागि पर्याप्त हुनेछ ।

त्यसै गरी हिजो राति नै भएको खेलमा अर्को इंग्लिस क्लब आर्सनलले भने स्पेनिस क्लब भ्यालेन्सियामाथि ३–१ को प्रभावशाली जित निकाल्यो ।

आर्सनलको घरेलु मैदानमा पाहुना टोली भ्यालेन्सियाले मोक्टर डियाकबेको गोलमा सुरूवाति अग्रता लिएको थियो । तर अलेक्जेन्ड्र लाकाजेटले २ र अबामियाङले १ गोल गर्दै आर्सनलाई महत्वपूर्ण जीत दिलाए ।

प्रतिक्रिया दिनुहोस्