Logo

सफ्ट ड्रिंकबाट बनाई राख्नुहोस दुरी किनकी यसबाट लाग्न सक्छ यी रोगहरु



Spread the love

सफ्ट ड्रिंक भन्नाले साधारणतया गर्मी मौसममा प्यास मेटाउनका लागी पिउने झोल पदार्थ बुझिन्छ । यस बाट हाम्रो शरीरलाई शितलता प्राप्त भए पनि हाम्रो स्वास्थ्लाई नकरात्मक असर पुर्याइरहेको हुन्छ । सफ्ट ड्रिंक बिभिन्न केमिकलबाट कलरको मिश्रण गरी बनाइएको हुन्छ । छिन् भरको शितलताको लागि सफ्ट ड्रिंकको सेवन गरेता पनि यसले हाम्रो स्वास्थसँग खेलवाड गरिरहेको हुन्छ । सफ्ट ड्रिंकले हाम्रो शरीरमा असर पुर्याइरहेको थाहा पाएता पनि दिनहु जसो मानिसले यसलाई सेवन गरि नै राखेको पाइन्छ। यसरी सफ्ट ड्रिंक सेवन गर्दा स्वास्थ्यमा के के असर पुर्याउछ भन्ने कुरा तल पुस्टि गरिएको छ ।

क्यान्सर हुने खतरा बढ्छ

सफ्ट ड्रिंकलाई रंगिन बनाउनको लागि बिभिन् किसिमको रङ्ग तथा अमोनियम तत्वको प्रयोग गरिन्छ । केमिकल्स, सल्फाइट्स र चिनीको मिश्रणबाट सफ्ट ड्रिंक बनाउने भएकोले रियाक्सन गरि क्यान्सर हुने सम्भावना ४० प्रतिशत बढेर जान्छ I

मोटोपन

यदी कोहि मानिस दुब्लो छ र मोटाउन चाहन्छन भने सफ्ट ड्रिंकको प्रयोग गर्न जरूरी छ I तर यसले कुनै प्रकारको तागत भने दिदैन I दैनिक १ कपमात्र सफ्ट ड्रिंक खाने व्यक्तिको वजन एक बर्षमा ६ केजी बढ्दछ ।

मधुमेह

सफ्ट ड्रिंकमा हुने चिनीको मात्राबाट हामीमा मधुमेह आउने सम्भावना बढेर जान्छ I

हाडमा समस्या

यसमा भएको क्याफीन तत्वले शरिरको क्याल्सीयम पनि बाहिर निकाली सिधा असर शरिरको हाडहरुमा पर्दछ । जसले गर्दा हाड कमजोर भई टुक्रिन थाल्छ ।

दाँतमा समस्या

सफ्ट ड्रिंक सेवन गर्ने हुदा यसले शरिरमा एसिडको मात्रा बढाएर हुलुक्क पानी आउँदा पेटको एसिड सबै मुखमा आउने र यसले दाँतलाई क्षय गर्ने गर्दछ ।

किडनी बिगार्छ

सफ्ट ड्रिंक सेवन गर्नका कारण सिधा असर मानिसको किड्नीमा पर्छ । जसले गर्दा पथ्थर र किड्नी फेल हुने सम्भावना अधिक हुने गर्दछ ।

लिभरमा बोसो जम्छ

चिसोजन्य सफ्ट ड्रिंकमा अधिक मात्रा चिनी भएका कारण सो चिनी लिभरमा गई जम्मा हुन्छ र बोसोको रुपमा बस्दै अनेक रोगको कारण बन्दछ ।

प्रतिक्रिया दिनुहोस्