Logo

‘एब्डोमिनल इचिङ’ सर्जरी जसको सहायताबाट सजिलै बनाउन सकिन्छ सिक्स प्याक



Spread the love

आफ्नो शरीर आकर्षित होस् भन्ने सबैले चाहन्छन् त्यसका लागि सिक्स प्याक बनाउने गर्दछन् I मानिसले सिक्स प्याक बनाउन केके सम्म नगर्ला र? जिम गई आफ्नो शरीर मेन्टेन गरि सिक्स प्याक बनाउछन् तर अब यसको कुनै जरुरत छैन् किनकी मान्छेलाई तन्नेरी राख्नको लागि इन्जेक्सन र सुन्दर बनाउन कस्मेटिक सर्जरी आए जसरी नै सिक्स प्याक एब्स बनाउन पनि सर्जरी आइसकेको छ ।

यो सर्जरी थाइल्यान्डमा सुरु भएको हो । थाइल्यान्डको बैंकको मास्टरपिस नाम गरेको यो अस्पतालले एब्डोमिनल इचिङ नामको सर्जरी सेवा सुरु गरेको हो, जसले मानिसको सिक्स प्याक बनाउने सपना केही समयमा नै पूरा गरिदिन्छ ।‘यो एब्सलाई केन्द्रमा राखेर गरिने सर्जरी हो। अस्पतालका सिइओ रवेवता सायका अनुसार यस्तो सर्जरी चार वर्षदेखि गर्दै आएका छन् जसबाट हानिकारक नहुने र कुनै किसिमको पीडादायी पनि नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्