Logo

हेर्नुहोस ! यी हुन् कपाल फुल्नुको कारण



Spread the love

मानिस जति जति वृद्ध हुँदै जान्छ, उसको कपाल पनि फुल्दै जान्छ l यो कुनै अनौठो कुरा होइन किनकि उमेर सँगै कपाल फुल्नु स्वाभाविक हो । तर सानै उमेर देखि नै कपाल फुल्नु यो चैँ अस्वाभाविक हो ।

यदि सानै उमेरमा कपाल फुल्छ भने त्यसले सौन्दर्यमा पनि असर पुर्‍याइरहेको हुन्छ l यसको मुख्य कारण जेनेटिक्स भएता पनि अन्य कारणले पनि कपाल फुल्ने गर्दछ l

हेर्नुहोस ! यी हुन् कपाल फुल्नुको कारण

प्रदुषण

हावा प्रदूषणले पनि कपाललाई निकै असर गर्छ किनकि हावाका कारण कपाल ड्यामेज भई हावामा रहेको फ्री रेडिकल्स मेलानिनले कपाललाई सेतो बनाउँदछ ।

तनाव

उमेरभन्दा पहिले नै कपाल फुल्नुको अर्को मुख्य कारण तनाव पनि हो । कुनै पनि तनाव लिनका कारणले पनि छिटै कपाल कालोबाट सेतोमा परिणत हुने गर्दछ ।

धुम्रपान

धुम्रपान पनि कपाललाई सेतो बनाउने एक कारण हो । कुनै पनि व्यक्ति धूम्रपान गर्छ भने उनीहरूको सेतो कपाल फुल्ने सम्भावना २५ प्रतिशत बढी रहन्छ ।

हर्मोन

हर्मोन असन्तुलित भएमा कपाल रूखो, सुख्खा हुने भई चाडै नै कपाल फुल्ने गर्दछ l

प्रतिक्रिया दिनुहोस्