Logo

अनावश्यक खर्चमा कटौती गरी अर्थतन्त्रलाई गतिशील बनाइने



Spread the love

२० वैशाख, काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षमा अनावश्यक खर्चमा कटौती गरी मितव्ययिता कायम गरेर अर्थतन्त्रलाई गतिशील बनाउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा हिजो प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सो कुरा उल्लेख गरिएको छ ।

सरकार र निजी क्षेत्रबीच समन्वय, तथ्य र प्रमाणमा आधारित नीति निर्माण र विकास आयोजनामा देखिएका समस्या तत्काल समाधान गरी समयमै सम्पन्न हुने सुनिश्चित गर्न उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषद्, नीति अनुसन्धान प्रतिष्ठान र आयोजना सहजीकरण समन्वय समितिजस्ता संयन्त्रहरू गठन गरी क्रियाशील बनाउने सो नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले विसं २०७५ चैतमा आयोजना गरेको लगानी सम्मेलनमा विभिन्न क्षेत्रका परियोजनामा लगानी गर्ने समझदारी हुनुले नेपाल महत्वपूर्ण लगानी गन्तव्य भएको सन्देश प्रवाहित भएको र पूर्वाधार सम्मेलन र ज्ञान सम्मेलन आयोजना गरी निजी क्षेत्रसँगको सहकार्य र उद्यमशीलता प्रवद्र्धधन गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्