Logo

केटीको विषयमा दुई समुहबीच छुरी हानाहान, एकको मृत्यु



Spread the love
सांंकेतिक तस्बिर

२१ बैशाख, ललितपुर – ललितपुरको सानेपामा केटीको विषयमा दुई समुहबीच छुरी हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । केटीको बिषयमा भएको विवादले दुई समूहबीच छुरी हानाहानसम्मको अवस्था सिर्जना भएको थियो ।

छुरी लागेर ललितपुर महानगरपालिका वडा नम्बर ६ प्रयाग पोखरी बस्ने २० बर्षीय अन्सल शाक्यको मृत्यु भएको छ ।

छुरी लागेर घाइते भएका शाक्यको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्