Logo

उपहार गोलको मद्दतमा एभर्टनको सहज जीत



Spread the love

२१ बैशाख, काठमाडाैँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा एभर्टनले बर्नलीलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले बर्नलीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनलाई सहज जित दिलाउन बर्नलीले १ गोल उपहार दिएको थियो । खेलको सुरूवाती १७औँ मिनेटमा नै बर्नलीका बेन मीले गोल गर्दै एभर्टनलाई अग्रताको उपहार प्रदान गरे । त्यसको ३ मिनेट पछि अर्थात् २० औँ मिनेटमा एभर्टनका सेमस कोलम्यानले गोल गर्दैं अग्रता दोब्बर पारे।

पहिलो हाफ २-० मा सकिएको खेलमा दुबै टिमबाट गोलका लागि धेरै राम्रा प्रयत्नहरू भएता पनि गोलमा परिणत हुन नसक्दा एभर्टन विजयी भयो ।

यो खेलमा सहज जीत निकालेसँगै एभर्टनको युरोपा लिग फुटबलमा छनोट हुने सम्भावना जीवितै रहेको छ।

लिगका ३७औँ चरणका खेल खेल्दा एभर्टन ५३ अंकका साथ तालिकाको ८ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्