Logo

टोरिनोसँग युभेन्टसको बराबरी, रोनाल्डोको सयाैँ हेडिङ गोल पूरा



Spread the love

२१ बैशाख, काठमाडाैँ – पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम समयमा गोल गर्दै सिरी ए च्याम्पियन युभेन्टसलाई हारको संघारबाट उद्धार गरेका छन् ।

इटालियन सिरी ‘ए’ अन्तरगत शुक्रबार राति घरेलु मैदानमा भएको भएको खेलमा युभेन्टस टोरिनोसँग १–१ गोलको बराबरीमा रोकिएको छ । रोनाल्डोले खेल सकिन ६ मिनेट बाँकी रहँदा गोल गर्दै च्याम्पियन युभेन्टसको हार टारेका हुन् ।

युभेन्टसको घरेलु मैदानमा खेलको १८औं मिनेटमा सासा लुकिचले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । १८औं मिनेटमा नै पछि परेको युभेन्टसले खेल भरी नै टोरिनोलाई दबाबमा राखेको थियो ।

खेलमा दबाबका बाबजूद युभेन्टसले गोलका लागि ८४औं मिनेट सम्मको प्रतिक्षा गर्नुपरेको थियो । खेलको ८४औं मिनेटमा लियोनार्दो स्निपाजोलाको पासमा रोनाल्डोले हेडिङ गोल गर्दै सिरि ए च्याम्पियनको साख राख्न सफल भए ।

हिजोको गोलसँगै रोनाल्डोले क्लब फुटबलमा ६ सय १ गोल पूरा गरेका छन् । उनले गरेको हेडरसँगै रोनाल्डोले हेडिङ गोलको संख्या पनि १०० पुर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्