Logo

आयोजक मङ्गलसैनको पोल्टामा दोस्रो मेयरकपको उपाधि



Spread the love

२१ वैशाख, अछाम – अछामको सदरमुकाम मङ्गलसैनमा शुक्रबार सम्पन्न दोस्रो मेयरकप भलिवल प्रतियोगिताको उपाधि आयोजक मङ्गलसैन नगरपालिकाले जितेको छ । अन्तिम चरणको खेलमा मेल्लेख गाउँपालिकाको टोलीलाई पराजित गर्दै मङगलसैनले उपाधि चुमेको होे ।

प्रथम स्थान हासिल गरेको उक्त नगरपालिकाले रू ७० हजार, द्वितीय स्थान प्राप्त मेल्लेख गाउँपालिकाले रू ४० हजार र तृतीय स्थान प्राप्त साँफेबगर नगरपालिकाले रू २५ सहित कप तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

नगर खेलकूद विकास समितिका अध्यक्ष पदमबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा मङ्गलसैननगरप्रमुख पदमबहादुर बोहराले विजेता टोलीलाई पुरस्कार प्रदान गरेका थिए । यही वैशाख १७ गतेबाट शुरु भएको प्रतियोगितामा अछामका ८ स्थानीय तहका ९ भलिबल टोलीले सहभागिता जनाएको मङ्गलसैननगर शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख बृकेश बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्