Logo

कालीगण्डकीमा डुबेर बालकको मृत्यु



Spread the love
सांकेतिक तस्बिर

२१ वैशाख, बेझाड – कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर निस्दी गाउँपालिका–१ भोटाहाका १३ वर्षीय बालक बिक्रम रानाको मृत्यु भएको छ ।

आज मध्यान्ह्को समयमा साथिसँगै पुट्टारघाट नजिकै कालीगण्डकीमा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिं रानाले जानकारी दिए ।

उनको शवलाई परीक्षणका लागि रामपुर अस्पतालमा ल्याइएको छ । राना घरदेखि पाँच समय मिटर तल रहेको कालीगण्डकीमा पौडी खेल्न साथीसँग गएका थिए ।

प्रतिक्रिया दिनुहोस्