Logo

रुखले किचेर किशोरीको मृत्यु



Spread the love

२२ वैशाख, सोलुखुम्बु – थुलुङदूधकोशी गाउँपालिका–४ जुवुमा रुखले किचेर हिजो अर्थात् शनिबार एक किशोरीको मृत्यु भएको छ ।

थुलुङदूधकोशी गाउँपालिका–४ जुवुका काशीराज राईकी १८ वर्षीया छोरी सुष्मा राईको दाउरा टिप्ने क्रममा रुखले किचेर मृत्यु भएको हो । दाउरा टिप्न गएको समयमा वडाको राम्चे भन्ने स्थानमा रुख लडेर किच्चा गम्भीर घाइते भएकी राईको घटनास्थलबाट उपचारका लागि लैजाँदै गर्दा भर्याङखोला दोभानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो १ः३० बजे रुख लडेर उनलाई किचेको थियो । हेलिकप्टर आउने ठाउँ भर्याङखोलातर्फ लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्