Logo

शिक्षक अभावले विद्यालय बन्द हुने अवस्थामा



Spread the love

२२ बैशाख,दमौली ।

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ६ वटा सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेका छन् ।

आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिलन प्राथमिक विद्यालय र कृष्ण प्राथमिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको हो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख साधुराम पौडेलले ती विद्यालयमा शिक्षक अभाव भएकाले पठनपाठनमा समस्या हुन पुगेको जानकारी दिए । शिक्षक सेवा आयोगबाट शिक्षकको नतिजा प्रकाशन भएसँगै ती विद्यालयमा शिक्षक अभाव भएको उनले बताए ।

“ती विद्यालयमा पढाइरहेका शिक्षकमध्ये कतिपयले नाम निकाल्न सक्नुभएन र केहीले अवकाश रोज्नुभयो उनले भने जसका कारण विद्यालयमा शिक्षक अभाव हुन पुग्यो ।”

प्रतिक्रिया दिनुहोस्