Logo

यदि तपाई कपालमा कलर गर्दै हुनुहुन्छ ? भने यी कुरामा ध्यान दिन नबिर्सनुहोस्



Spread the love

अहिलेको समयमा कपालमा कलर गर्नु फेशन नै भैसकेको छ । मानिसहरु कपाल सुन्दर बनाउनको लागि बिभिन्न थरीको कलर प्रयोग गर्ने गर्दछन ।जुनपायो त्यही कलर प्रयोग गर्नाले कपाल बिग्रनुका साथै कपालमा छाला सम्बन्धी बिभिन्न रोगहरु लाग्ने गर्दछन् ।यस्ता कलरहरुमा विभिन्न प्रकारका रसायनिक पदार्थ मिसाइएको हुन्छ ।

कपालमा कलर गर्नु भन्दा अगाडी यी कुरामा ध्यान दिन नबिर्सनुहोस्:

कपालको कलरले गर्दा आँखामा बढि असर पर्न जान्छ । जसले गर्दा आँखा पोल्ने दुख्ने जस्ता समस्या उत्पन्न हुन्छ ।

– विभिन्न थरिका हेयर कलर प्रयोग गर्दा कपालमा भएको पौष्टिक तत्व नाश भइ कपाल रुखो हुने तथा झर्ने समस्या पैदा हुन्छ ।

– उक्त कलरबाट आउने वास्नाले फोक्सो तथा स्वासप्रश्वासमा नराम्रो असर पार्दछ ।

– कपालमा लगाउने कलरमा केमिकल हुने हुनाले छालाको एलर्जी र चाँया पर्ने जस्ता समस्या देखा पर्न थाल्दछ।

– लामो समयसम्म हेयर कलर प्रयोग गर्ने व्यक्तिमा क्यान्सरको खतरा हुन सक्ने सम्भावना रहेको अध्ययनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्