Logo

यी हुन् काखीको दुर्गन्ध हटाउने सजिलो घरेलु उपाय



Spread the love

गर्मी महिनामा पसिना आउनु स्वभाबिक हो तर कतिपय मानिसहरुको पसिनाले गर्दा काखी एकदमै गनाउँछ । त्यसैले यी घरेलु उपाय अपनाउनु होस् जसले गर्दा तपाईंको काखीको गन्ध सजिलै हट्छ।

बेकिङ सोडा
बेकिङ सोडाले पसिनालाइसजिलै सोस्ने काम गर्छ भने ब्याक्टेरियालाई पनि मार्दछ । बेकिङ सोडामा कागतीको रसलाई मिसाएर आफ्नो काखीमा लगाउनुहोस् र पाँचदेखि १० मिनेट सम्म राखेर पानीले धुनुहोस । केही दिनसम्म यो प्रक्रिया नियमित अपनाउनु भयो भने काखीको गन्ध सजिलै हराउँछ ।

स्याउको चुक अमिलो
अलिकति पानी त्यसमा कागतीको रस र थोरै स्याउको चुक अमिलो हाल्नुस् । यो मिश्रणलाई एउटा स्प्रे बोतलमा राखेर स्प्रे गर्नुभएपनि हुन्छ । यसले काखीको ब्याक्टेरिया हटनुको साथै पसिनाको दुर्गन्ध रोक्छ ।

कागतीको रस
एउटा कागतीको टुक्रो आफ्नो काखीमा १० देखि १५ मिनेटसम्म थिचेर राख्नुस् । दिनभरि पसिनाबाट निस्कने दुर्गन्धलाई यसले रोक्छ मद्दत गर्दछ।

फिटकिरी
फिटकिरीललाइ पानीमा भिजाउनुस् र काखीमा लगाउनुहोस । यसरी पनि काखीको दुर्गन्ध हटाऊन सकिन्छ ।

नखौरिनुस्
काखीको रौं हटाउनका लागि खौरिन्छौं रेजरका कारण ब्याक्टेरिया र कीटाणुहरू पनि जन्मिन्छन् र काखीको दुर्गन्धको कारण बन्छन् ।

बढी मात्रमा पानी पिउनुस्
गर्मीमा पानी पिउनु स्वास्थ्यका लागि अतिनै आवश्यक छ । यसले हाम्रो स्किन पनि मोइस्चराइज बनाउछ । गर्मीमा पानी पिउँदा शरीरबाट दुर्गन्ध निस्कन्छ कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्