Logo

४७ किलो लागूऔषध चरेससहित १ जना पक्राउ



Spread the love

२३ वैशाख, धादिङ ।

लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र ईलाका प्रहरी कार्यालय गजुरीको टोलीले सोमवार बिहान प्रतिबन्धित अफिम र चरेससहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीका ४६ वर्षीय काल्चे बोहरा रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवराज ढुंगेलले बताए ।

सोमबार विहान १ बजे गजुरी गा।पा वडा नं १ सोतिखोला स्थित कच्ची सडक खण्डमा डीएल ३ सिएडी ७०८१ नम्बरको मारुती सुजुकी कारभित्र फल्स बटम बनाई लुकाइ निकासी गर्न लागेको अवस्थामा अवैध लागुऔषध अफिम ९७८ ग्राम र चरेस ४७ किलोग्राम प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक ढुंगेलले बताए ।

चाललको साथमा रहेको सिमकार्ड मोबाईल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्