Logo

जान्नुहोस के-के हुन् यी चिजहरु जुन खाली पेट खान हुँदैन



Spread the love

 

प्रत्येक मानिसले आफ्नो स्वास्थ्यको हेरचाह राख्छन् तर पनि जानेर होस् या नजानेर सामान्य लाग्ने कुराले पनि हाम्रो स्वास्थ्यमा धेरै नकरात्मक असर पुर्याइरहेको हुन्छन् । हामीले हाम्रो स्वास्थ्य बारे बेलैमा सजल भए मात्र स्वास्थ्य जीवन जिउन सक्छौँ । प्राय मानिसहरुको बानी हुन्छ कि बिहान उठ्ने बितिकै चिया पिउने तर यसरी खाली पेटमा चिया पिउनु हाम्रो स्वास्थ्यको लागि उचित हुदैन । यस्ता केहि चिजहरु छन् जुन खाली पेट खानाले बिष खाए सरह हुन् ।

के – के हुन् यी चिजहरु जुन खाली पेट खान हुँदैन् :

चिया–कफी
खाली पेट चिया कफी पिउनाले एसिड बढाएर हाइड्रोक्लोरिक एसिडको गतिलाई रोक्छ जसले गर्दा ग्यास्ट्रिकको समस्या भई पेट दुख्ने समस्या उत्पन्न हुन्छ ।

चिसो पेय पदार्थ
खाली पेटमा चिसो प्रेय पदार्थ पिउनाले पाचन क्रिया सुस्त बनाई पेटको पाचन क्रियालाई हानी पुर्याउँछ ।

सफ्ट ड्रिङ्स
खाली पेट सफ्ट ड्रिङ्स पिउनाले उच्च मात्रामा कार्बोनेट एसिड हुने हुँदा पेटमा गम्भीर समस्या भई वान्ता आउने जस्ता समस्या बढाउँछ ।

अमिलो फल
खाली पेटमा अमिलो खानु भनेको आफ्नो स्वास्थ्य बिगार्नु हो । किनकी खाली पेट अमिलो खानाले एसिड बढाउनुका साथै फाइबर र फ्रुक्टोज प्राप्त हुने पाचन क्रियालाई पनि सुस्त बनाउँछ । सो कारण खाली पेट अमिलो खाने बानी गर्नु हुँदैन् ।

मसालेदार खाना
खाली पेटमा धेरै पिरो खानु भनेकोस्वास्थ्यलाई खराब बनाउनु सरह हो । किनकी खाली पेटमा पिरो खानेकुरा खानाले एसिडिटी बढाउनका साथै पेट दुख्ने समस्याहरु देखा पर्दछन् । सो कारण खाली पेटमा बढी मसालेदार खाना खाने गर्नु हुँदैन् ।

प्रतिक्रिया दिनुहोस्