Logo

के तपाइलाई थाहा छ ? गोलभेडा सेवन गर्नाले हाम्रो शरीरमा हुने यी फाइदाहरु



Spread the love

प्रायजसो हामी दैनिक जीवनमा गोलभेडाको प्रयोग गरिरहेका हुन्छौ । गर्मी महिनामा गोलभेडाको सेवन गर्नाले शरीरमा धेरै फाइदाहरु हुन्छन। गोलभेडामा भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि मद्दत पुर्याउछ ।

गोलभेडा सेवन गर्नाले हाम्रो शरीरमा हुने फाइदाहरु यस प्रकार छन्:

. गोलभेडाको जूस पीउनाले मोटोपन घटाउन मद्दत गर्दछ ।

. गोलभेडा खाने व्यक्तिमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशतले कमी हुने पाइएको छ ।

.गोलभेडा खाँदा पाइने अल्फाटोमाटिनले प्रोष्टेड क्यान्सरकोष बढन नदिने बनिसकेको क्यान्सरकोषलाई भगाउने काम गर्छ ।

.यदी पेटमा जुका वा अन्य किरा भएको खण्डमा टमाटरमा मरिच मिसाएर खाँदा फाइदा हुन्छ ।

.मधुमेह रोगीका लागि पनि गोलभेडा उपयोगी मानिन्छ ।

.गोलभेडाको रस छालाको स्वस्थ्यका लागि पनि लाभदायक हुन्छ ।

.बच्चाको मानसिक तथा शारीरिक विकासका लागि  गोलभेडा एकदमै फाइदाजनक हुन्छ ।

साथै  गोलभेडाको प्रयोगले कयौं रोगको रोकथाम पनि गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्