Logo

रोगी बाख्राको मासुले मानिस बिरामी



Spread the love

२३ बैशाख, प्युठान – आदर्श गाउँपालिका वडा नं १ मेलगडामा गत शनिबार बाख्राको मासु खाँदा बिरामी पर्नाको कारण रोगी बाख्रा भएको चिकित्सकले जनाएका छन् । शनिबार गाउँमा बाख्रा काटेर मासु खाँदा दुई वर्षीयादेखि ४० वर्षीयसम्मका बिरामी परेका थिए । काटिएको बाख्रामा रोग भएका कारण पूरै गाउँले बिरामी परेको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालका तथा चिकित्सक तथा निर्देशक आइजङ्ग कुँवरले बताए ।

“स्थानीयवासीले खाएको बाख्रामा केही न केही रोग भएको हुनुपर्छ”, उनले भने, “बाख्रामा रोग भएका कारण मासु खाने जति बिरामी परेका हुन् ।” रोग लागेको बाख्रा नपोलेर काँचै खाएका कारण मानिस बिरामी भएको चिकित्सकको भनाइ छ ।

केही महिना पहिले उक्त गाउँपालिकामा फैलिएको अज्ञात रोगका कारण दर्जनौँ चौपाया मरेका थिए । त्यही अज्ञात रोगले बिरामी परेका बाख्रा काटेर खाँदा रोग लागेको उपचारमा संलग्न चिकित्सकको जिकिर छ । बिरामी १५ जनामध्ये १३ जना उपचारपछि घर फर्किएका छन् । दुई जनाको अवस्था भने गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उनीहरुको अवस्था अहिलेसम्म पनि सुधार हुन नसकेको अस्पतालले जनाएको छ ।

बाख्राको मासु खाँदा गाउँ नै गाउँले बिरामी परेपछि त्यसको कारणबारे अनुसन्धान गरिने सहायक प्रमुख जिल्ला अधिकारी टेकनाराण पौड्यालले बताउनुभयो । बाख्राको मासु खानेहरुलाई पखालासहित झाडाबान्ता भएको थियो । सुदूरपश्चिमका अधिकांश ठाउँमा बोकाबाख्रा मन्दिरमा चढाएका बेला वा घरैमा काटेका बेला बोका, बाख्रा र खसीको पोलेको कान, कलेजो, गिदी, आँखा, मुटु र छाला नूनतेलमा साँधेर काँचै खाने चलन छ ।

प्रतिक्रिया दिनुहोस्