Logo

डोटीमा रोगी बाख्राको मासुको कारणले गर्दा १५ जना बिरामी



Spread the love

२३ वैशाख ,डोटी । आदर्श गाउँपालिका वडा नं १ मेलगडामा रोगाी बाख्राको मासु खाँदा १५ जना बिरामी परेका छन् ।

केही महिना पहिले उक्त गाउँपालिकामा फैलिएको अज्ञात रोगका कारण दर्जनौँ चौपाया मरेका थिए । त्यही अज्ञात रोगले बिरामी परेका बाख्रा काटेर खाँदा गाउँले बिरामी परेको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालका तथा चिकित्सक तथा निर्देशक आइजङ्ग कुँवरले बताएका छन् ।

“स्थानीयवासीले खाएको बाख्रामा केही न केही रोग भएको हुनुपर्छ”, उनले भने , “बाख्रामा रोग भएका कारण मासु खाने जति बिरामी परेका हुन् ।” रोग लागेको बाख्रा नपोलेर काँचै खाएका कारण मानिस बिरामी भएको चिकित्सकको भनाइ छ ।

बिरामी १५ जनामध्ये १३ जना उपचारपछि घर फर्किएका छन् भने दुई जनाको अवस्था भने गम्भीर रहेको र अहिलेसम्म पनि कुनै सुधार हुन नसकेको उपचारमा संलग्न चिकित्सकले बताए।

बाख्राको मासु खाँदा गाउँ नै बिरामी परेपछि त्यसको कारणबारे अनुसन्धान गरिने सहायक प्रमुख जिल्ला अधिकारी टेकनाराण पौड्यालले बताए ।(रासस)

प्रतिक्रिया दिनुहोस्