Logo

नगर प्रमुख महर्जनको पारिश्रामिक विद्यालयलाई



Spread the love

२४ बैशाख, काठमाडाैँ   गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले एक वर्षको पारिश्रामिक गोदावरी नगरपालिका ठेचोस्थित सरस्वती उच्च माध्यामिक विद्यालयलाई दिने निर्णय गरेका छन् ।

विद्यालयले आज आयोजना गरेको स्वर्ण महोत्सव कार्यक्रममा उनले गरीब र असहाय विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले रकम सहयोग गर्ने घोषणा गरेको बताए । प्रमुख महर्जनले आफूले माध्यामिक तहसम्म पढेको विद्यालय भएकाले त्यससँग भावनात्मक सम्बन्धसमेत रहेको बताए । उनले भने, “विद्यालयमा आउने विद्यार्थी ज्यादै कम भएकाले यो रकम स्थानीय विद्यार्थी बढाउनमा खर्च होस् ।”

प्रदेश सरकारको स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी विधेयकमा नगरपालिकाको प्रमुखको मासिक पारिश्रमिक रु ३५ हजार तोकिएको छ । भ्याट कटौती गर्दा एक वर्ष बराबरको पारिश्रमिक बापतको रकम झण्डै रु तीन लाख ५० हजार हुन्छ ।

प्रतिक्रिया दिनुहोस्