Logo

कोटेश्वरमा भेटिएको शंकास्पद वस्तु बम नै रहेको पुष्टि



Spread the love

२३ बैशाख, काठमाडौं – राजधानीको व्यस्त सहर कोटेश्वरस्थित बीच सडकमा भेटिएको भनिएको शंकास्पद वस्तु बम नै भएको पुष्टि भएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेसँगै चेकजाँचको क्रममा उक्त झोलामा भेटिएको बस्तु इम्प्रोभाइस एक्सपोल्सोभि डिभाइस ( टाइम आईडी) सानो घरेलु बम रहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

कोटेश्वरबाट जडिबुटीतर्फ जाने बाटोमा भेटिएको शंकास्पद झोला सेनाको टोलीले सोमबार राती डिस्पोज गरेको थियो । शंकास्पद वस्तु स्थानीयले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेसँगै घटनास्थलमा नेपाली सेनाको टोली पुगेको थियो ।

शंकास्पद वस्तु भेटिएपछि कोटेश्वर र आसपासका क्षेत्र सवारी चापका कारण तानावग्रस्त भएको थियो । नेपाली सेनाको डिस्पोजल टोलीले उक्त वामलाई डिस्पोज गरेको पहिलो प्रयास विफल भएपछि पुनः डिस्पोजको गरेको हो ।

प्रतिक्रिया दिनुहोस्