Logo

खाली पेट चिया पिउनाले लाग्न सक्छन् यी रोगहरु



Spread the love

प्रत्येक मानिसले आफ्नो बिहानी चिया संगै सुरुवात गर्न चाहन्छन् । मानिस बिहान उठ्ने बितिकै खाली पेटमा चिया पिउने गर्दछन् । मानिसहरु गर्मीमा भन्दा जाडोमा बढी चिया पिउने गर्छन् । कोहि कोहि मानिसहरुको बानी त झन् यस्तो पनि हुन्छ कि दिन मै ३/ ४ पटक चिया पिउने, तर यसरी चिया पिउनु स्वस्थको लागि हानिकारक भई बिभिन्न किसिमको रोग लाग्ने गर्दछन् । धरै वा खाली पेट चिया पिउनाले स्वास्थयमा के–के समस्या देखिन्छ ?

प्रोस्टेट क्यान्सर
धरै वा खाली पेट चिया पिउनाले पुरुषहरुमा प्रास्टेट क्यान्सर हुने सम्भावना बढी नै हुन्छ । सो कारण खाली पेट चियाको सेवन नगरी मनतातो पानी पिउनु उचित रहन्छ ।

चिडचिडापन
खाली पेट चिया पिउनाले थकाई लाग्ने,काममा प्रति ध्यान नदिने र रिस उठ्ने जस्ता चिडचिडापन उत्पन हुन्छ सो कारण आफ्नो शरीर फेश बनाउनको लागि तातो पानी पिउने बानी बसाल्नुपर्दछ ।

ग्यासको समस्या
चियामा हालिने चियापति र चिनी मिक्स भई पेटमा ग्यास जमेर पेटसम्बन्धी बिभिन् समस्याहरु देखा पर्दछ ।

शरीरलाई हानी
चिया बढी पिउनाले शरीरमा प्रोटिन र अन्य पोषण तत्वको कमि भई शरीरलाई हानी पुर्याउनुका साथै रोगहरु निम्त्याउँछ ।

वाकवाकी लाग्ने
चियामा टेनिन पाइन्छ, सो कारण स्वास्थलाई हानी पुर्याउनका साथै वान्ता हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्