Logo

बाघको छाला सहित २ जना पक्राउ



Spread the love

२४ वैशाख ,काठमाडौँ। महानगरीय प्रहरीले बाघको छाला सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दार्चुला दुहु गाँउपालिका-१ का नरेश बहादुर बम र दार्चुलाकै गोबिन्द सिंह महरा हुन् ।

 

लाजिम्पाट स्थित एभरेष्ट बैंक नजिकै अबैध रूपमा बाघको छाला १ थान सहित ओसार पसार गर्ने क्रममा पक्राउ परेका हुन् । साथै उक्त घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको महानगरीय प्रहरी वृत्त दरवारमार्गले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्