Logo

किन फर्फराउँछ आँखा ? हेर्नुहोस् यस्तो छ कारण



Spread the love

हिन्दु समाजमा आँखा फर्फराउनु भनेको कुनै शुभ वा अशुभ समाचारको संकेत गर्नु हो l भन्ने गरिन्छ, पुरुषको दाहिने आँखा फरफरायो भने शुभ समाचार सुन्निन्छ र महिलाको भने देब्रे आँखा फरफरायो भने राम्रो हुन्छ l तर, यो पूर्णत वैज्ञानिक कारणसंग जोडिएको छ । कसै कसैमा यो सेकेन्ड सम्म रहन्छ भने कसैमा हप्तासम्म नै आँखा फरफराउने गर्छ । आँखा फरफराउँनुको वास्तविक कारण थाहा नभएता पनि सुख्खा आँखा, प्रकाश सवेदनशिल आँखा, तनाव, थकान, क्याफिनको प्रयोग, अल्कोहल, पोषक तत्वको कमी तथा एलर्जी आदिका कारणले आँखा फरफराउँने गर्दछ l

तनावका कारण
मानिसहरुमा बिभिन् किसिमको तनाव हुन्छ, सो कारण शरीरले प्रतिक्रिया जनाउँछ । उक्त समस्या कम गर्न नै आँखा फरफराउने गर्दछ l

थकान
मानिसमा भएको तनाव तथा थकानका कारणले अनिद्रा उत्पन्न भई आँखाको परेलामा ऐंठन पर्छ।

आँखा दुखाई
आखामा बढी समस्या हुने गरि काम गर्दा वा हेर्दा पनि आँखाको परेला फरफराउने गर्दछ l

क्याफिन र अल्कोहल
चिया वा कफीको सेवन बढी गरिएमा पनि आँखा फरफराउने समस्या देखिन्छ ।

सुख्खा आँखा
जब मानिस बृद्ध हुदै जान्छन् तब आँखा सुख्खा हुने समस्याहरु पनि बढ्दै जान्छ । कम्प्युटरको बढी प्रयोग गर्ने, औषधि बढी प्रयोग गर्ने, कन्ट्याक्ट लेन्स प्रयोग गर्ने र क्याफिन तथा अल्कोहल प्रयोग गर्ने व्यक्तिहरुमा यस्तो आँखा
फरफराउने समस्याहरु देखापर्दछ ।

पोषकतत्वको असन्तुलन
म्याग्नेसियमजस्ता केही पोषक तत्वको कमी हुँदा पनि परेला फरफराउँछ।

एलर्जी
आँखाको एलर्जी हुने, रातो हुने, सुन्निने या आँसु बढी आउने मानिसहरुको बढी आँखा फरफराउँने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्