Logo

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



Spread the love

२४ वैशाख धनकुटा । धनकुटाको शहीदभूमी गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मे.१ त.३०७० नम्बरको ट्याक्टर देउरालीबाट चाम्चातर्फ जाँदै गरेको उक्त ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी २२ बर्षीय ओम बहादुर राईको मृत्यु भएको र मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।

दुर्घटना पश्चात ट्याक्टर चालक २५ बर्षीय जीवन परियार फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्