Logo

औषधिसहित स्वास्थ्यकर्मी सर्मी गाउँमा



Spread the love

 

२४ बैशाख, काठमाडाैँ – अज्ञात रोगले जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मीमा पूरै गाउँले बिरामी परेपछि औषधिसहित स्वास्थ्यकर्मी सर्मी गाउँमा पुगेका छन् । यहाँ बिरामी भएकाको स्वास्थ्य जाँचपछि गाउँमा मौसमी रुघाखोकी भएको ताम्ती स्वास्थ्यचौकीका इञ्चार्ज भूपेन्द्र पाण्डेले बताए ।

रोग फैलिएको जानकारी भएपछि आज औषधिसहित स्वास्थ्यचौकीबाट गाउँमै पुगेर बिरामीको स्वास्थ्य अवस्था जाँच गरी उपचार गरिएको उनले बताए । उनका अनुसार आज बिहान १० बजेबाट दिउँसो २ बजेसम्म १५२ बिरामीको स्वास्थ्य जाँच र उपचार गरिएको थियो ।

सो जाँचमा ३९ बालबालिका रहेका उनले बताए । मौसमका कारण समस्या देखिएको र अब विस्तारै सुधार हुँदै जाने उनले जानकारी दिए । बिरामीले शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको उनले बताए । तातोपानी– ७ का अन्य गाउँमा समेत रुघाखोकी फैलिएको आंशिक जानकारी भएको र आजै गाउँ पुगेर बिरामीको स्वास्थ्य बुझ्ने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्