Logo

९ महिनामा व्यापार घाटा १० खर्ब



Spread the love

२५ बैशाख, काठमाडौं ।

यस आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत)मा व्यापार घाटा ९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

आयात उच्च दर वृद्धिको तुलनामा निर्यात सुस्त हुँदा व्यापार घाटा चुलिएको हो। अघिल्लो आर्थिक वर्षको ९ महिना अवधिसँग तुलना गर्दा २२ प्रतिशतले व्यापार घाटा बढेको भन्सार विभागले जनाएको छ। चैतको वैदेशिक व्यापार घाटा एक खर्ब ३ अर्ब रुपैयाँ छ।

अहिलेकै दरमा व्यापार घाटा वृद्धि भए यो आर्थिक वर्षको अन्त्यसम्म १४ खर्ब ३० अर्ब व्यापार घाटा हुने अनुमान छ। यो आकार चालु आर्थिक वर्षको बजेटभन्दा ठूलो हो।

सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामा गरिएको संशोधित अनुमानअनुसार ११ खर्ब ९९ अर्ब रुपैयाँ खर्च हुनेछ।

प्रतिक्रिया दिनुहोस्