Logo

यस्ता छन् महको सेवनले हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु



Spread the love

मौरीले फूलको रस चुसेर त्यसमा विभिन्न पदार्थहरू मिलाई चाकामा परिणतगरि बन्ने प्राकृतिक गुलियो पदार्थ हो, मह। जसले हाम्रो स्वास्थ्यका लागि निकै फाइदा गर्दछ । यसमा एन्टिअक्सिडेन्ट्स, भिटामिन, एन्जाइम, क्याल्सियम, आइरन, सोडियम, क्लोरिन, पोटासियम पाउन सकिन्छ । मह खानपान र तागतका लागि मात्र नभई चिकित्सा, सौन्दर्य , शक्तिवर्धक र रोगनिरोधक क्षमता भएको आदिका लागि परापूर्व कालदेखि उपयोग गरिँदै आएको छ ।

महका केहि फाइदाहरु यस प्रकार छन् :

-अदुवाको रसमा मह मिसाएर खानाले खोंकि सन्चो हुन्छ ।

-स्टामिना तथा फर्टिलिटी बढाउन पनि महको सेवन गर्दा राम्रो हुन्छ ।

– महमा ग्लुकोज पाइने हुदा महमा पाइने भिटामिन र सुगर शरीरभित्र पसेपछि छिट्टै घुल्छन् र अन्य मिष्टान्न परिकारले जस्तो नराम्रो परिणाम देखाउँदैन ।

-.यसमा भएको एन्टिब्याक्टेरियल, एन्टिमाइक्रोबियल गुणले केही ब्याक्टेरियालाई फैलिन दिँदैन ।

– मोटाउन चाहनु हुन्छ  भने राती दूधमा मह हालेर पिउने गर्नाले मोटाइन्छ ।

– शरीरको वजन घटाउन चाहनुहुन्छ भने बिहान मनतातो पानीमा कागतीको रस र मह हालेर नियमित खाने गर्नुपर्छ । जसले गर्दा वजन बढ्न पाउँदैन ।

-सुन्दरताका लागि मह एकदमै लाभदायक हुन्छ ।आँखावरिपरि डार्क सर्कल छ भने मह र बदामको तेल बराबर मात्रामा मिसाई आँखा वरिपरिको छालामा सुत्ने बेलामा लगाउनु पर्छ ।जसले गर्दा डार्क सर्कल कम हुन्छ।

प्रतिक्रिया दिनुहोस्