Logo

दुर्घटनामा परी साइकल चालकको मृत्यु



Spread the love

२५ वैशाख, सप्तरी । सप्तरीको रुपनी गाउँपालिका – २ स्थित रुपनी सडक खण्डमा दुर्घटनामा परी एक साइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४५ वर्षीय महेन्द्र यादव हुन् । रुपनीबाट राजबिराजतर्फ आउँदै गरेको स. ६ प. १८७२ नम्बरको मोटरसाइकलले साइकललाई ठक्‍कर दिँदा घाइते भएका साइकल यात्री यादवको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्