Logo

पोखरामा बन्ने भयो पर्यटकका लागि ‘इन्जोय जोन’ !



Spread the love

२५ वैशाख, पोखरा । पोखरामा पर्यटन प्रवर्द्धनका लागि ‘मनोरञ्जनात्मक क्षेत्र’ अर्थात् ‘इन्जोय जोन’ बन्ने भएको छ ।

यस योजनामा उल्लेख भए अनुसार पोखराको पामे क्षेत्रमा ‘इन्जोय जोन’ बनाइने र यसको मद्दतले पर्यटकले हिमाल र ताललाई एकैचोटी दृश्यावलोकन गर्दै मनोरञ्जन गर्ने विश्वास लिइएको छ । यसमा खाना, खाजा, खेल्ने, रमाउने, स्विमिङ, क्यासिनोदेखी ज्याकोजीसम्म हुने प्रदेश सरकारका मन्त्री विकास लम्सालले बताएका छन् ।

‘इन्जोय जोन’ २४ सै घण्टा खुल्ने र यसमा प्रहरीको कुनै हस्तक्षेप नहुने तर सुरक्षाको जिम्मेवारी भने प्रदेश सरकारले लिने बताइएको छ । यस योजनाका लागि प्रदेश सरकारले अध्ययन, अनुसन्धान र डीपीआर तयार गर्न ९ करोड बजेट छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्