Logo

के तपाई सुन्दर बन्न चाहनु हुन्छ ? अपनाउनुस् यी घरेलु उपाय… 



Spread the love

सुन्दर हुन सबैलाई मन हुन्छ । चाहे महिला होस् या पुरुष सबैलाई अरुको नजर आफूतिर होस् भन्ने चाहना पक्कै हुन्छ । प्रायः जसो मानिसहरु सुन्दर बन्न कै लागि अनेक थरिका मंहगा कस्मेटिक सामानहरु प्रयोग गरिरहेका हुन्छन् । तर नजिकको तीर्थ हेला भनेजस्तै हामीले हाम्रै घरमा पाइने बहुपयोगी चिजहरू भने बेवास्ता गरिरहेका हुन्छौं ।

घरेलु चिजहरुको प्रयोगले कसरी बढाउन सकिन्छ त अनुहारको सौन्दर्य ? हामीले केही घरेलु उपायहरूबारे तल चर्चा गरेका छौंः

गुलाब

गुलाबमा भिटामिन ‘सी’ प्रशस्त पाइने हुनाले सुत्नुअघि अनुहारमा गुलाबजल लगाउनाले डन्डीफोर, पोतोलगायत छालाका समस्या कम हुन्छन् र छाला चम्किलो बन्छ ।

टमाटर
टमाटरको रसमा कागतीको रस मिलाई लगाउँदा अनुहारमा रहेका प्वालहरुको समस्या आफसेआफ हट्छ ।

पुदिना
पुदिनाको पेस्टमा चंदनको धुलो र मुल्तानी माटो मिलाई अनुहारमा लगाएमा डण्डफोर र कालोकोटीहरुको समस्याबाट मुक्ति दिलाउँछ ।

काँक्रा
काँक्राले नेचुरल क्लिन्जरको काम गर्छ । काँक्राको रसमा गुलाबजल र कागतीको रस मिलाएर अनुहारमा लगाउँदा अनुहारको छाला चम्किलो हुन्छ ।

आलु
आलुको पातलो पिस आँखामा राख्दा थाकेको आँखालाई आराम मिल्छ । काँचो आलुको रस आँखाको बाक्लो कालोपनालाई हटाउँछ ।

चन्दन

चन्दनले छालामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउँछ र छालालाई सफा, चम्किलो राख्छ । चन्दनलाई नरिवलको तेलमा मिसाई शरीर मसाज गर्नाले पूरै शरीरको छाला सफा हुन्छ र शरीरलाई आराम मिल्छ ।

माथि उल्लेखित उपायहरू अपनाउनु भयो भने केही हप्तामै तपाईको अनुहार सुन्दर बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्