Logo

ब्राउन सुगर सहित २ जना पक्राउ



Spread the love

२६ बैशाख, काठमाडाैँ – नेपाल प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ३५४८ नंको बस तथा बुटवलबाट काठमाडौँ आउँदै गरेको लु२ख ५७६ नंको बस जाँच गर्दा ब्राउन सुगरसहित आज काभ्रेका सुमन रेग्मी र रुपन्देहीका सन्दीप गिरीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार झोलामा लुकाई ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । दुवै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्