Logo

बन्दुक सहित पक्राउ



Spread the love

२६ बैशाख, बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका–४ खैलाडस्थित बबई नदीको तटबन्धबाट बन्दुकसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ बसन्ताका ४५ वर्षीय इन्द्रबहादुर केसी छन् । उनको साथबाट बाइनाकुलर जडित बन्दुक एक नाल बरामद गरिएको छ । पक्राउ परेका केसीबारे थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्