Logo

सालझण्डीबाट सुँगुरढुङ्गा सडक विस्तार शुरु



Spread the love
सांकेतिक तस्बिर

२६ बैशाख, बुटवल – सालझण्डीबाट पाल्पाको जुठापौवा सुँगुरढुङ्गा सडक विस्तार शुरु भएको छ । सडक निर्माणकार्यको बुधबार प्रदेश नं ५ का भौतिक पूर्र्वाधार विकासमन्त्री वैजनाथ चौधरीले शुभारम्भ गरे । उनले कृषिको बजारीकरण तथा ग्रामीण पर्यटनको प्रवर्द्धनमा सघाउ पुग्ने भएकाले सम्भावित रणनीतिक सडकअन्तर्गत विस्तार र स्तरोन्नति थालिएको बताए ।

कृषि सडकका रूपमा ट्र्याक मात्रै खुलेको सडकलाई मोटरबाटो गुड्ने गरी विस्तार शुरु गरिएको हो । सडक राजमार्ग क्षेत्रबाट २६ किलोमिटर लम्बाइको छ । त्यसलाई साढे ६ मिटर चौडा बनाइएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सालझण्डीबाट शुरु भएर पाल्पाको रैनादेवी छहरा गाउँपालिका र अर्घाखाँचीको पाणिनी गाउँपालिका हुँदै गुल्मीको रुरु गाउँपालिकामा जोडिनेछ ।

सालझण्डी जुठापौवा सुँगुरढुङ्गा सडक निर्माणका लागि सङ्घीय सरकारको सशर्त अनुदानबाट रु ५० लाख बजेट विनियोजन भएको छ । त्यसमध्ये चालू आर्थिक वर्षमा रु २७ लाख ३६ हजारमा भावना कन्स्ट्रक्सनले ठेक्का लिएको छ । प्रदेशसभा सदस्य भूमिश्वर ढकालले लुम्बिनी आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा घुमाउन र बसाइ अवधि बढाउनसमेत सडक उपयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्