Logo

कानून दिवसको अवसरमा प्रधानन्यायाधीश राणाले दिए शुभकामना



Spread the love

२६ बैशाख, काठमाडौ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले ‘कानून दिवस’ २०७६ को अवसरमा समानता, न्याय र विधिको शासनको सुनिश्चिताका लागि आआफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता मिलोस् भनी शुभकामना व्यक्तगरेका छन् ।

प्रधानन्यायाधीश राणाको सन्देशमा भनिएको छ, “स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहँदै निष्पक्ष र सक्षम न्यायपालिका प्रवद्र्धन र सहज पहुँच पुग्ने विश्वास लिएको छु ।”

जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न दिवसले थप हौसला प्रदान गर्ने विश्वास सन्देशमा गरिएको छ । प्रधान न्यायलयको ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ लागू भएको दिनको सम्झनामा यो दिवस प्रत्येक वैशाख २६ गते मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्