Logo

विप्लव पार्टी गुल्मीका सेक्रेटरी खड्का ६८ दिनदेखी हिरासतमा



Spread the love

२६ बैशाख, काठमाडाैँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी गुल्मीकाका जिल्ला सेक्रेटरी खिम खड्का बिगत ६८ दिनदेखी जिल्ला प्रहरी कार्यलय गुल्मीको हिरासतमा रहेका छन् । फागुन १९ गते सदरमुकाम तम्घासबाट पक्राउ परेका खड्कालाई पटक पटक म्याद थप्दै प्रहरीले अनुसान्धन गरिरहेको छ । नेपाल कम्युनिष्ट पार्टी गुल्मीले रिहाईको माग गर्दै विज्ञप्ति समेत जारी गरेको थियो ।

प्रहरीले शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै खड्कालाई पक्राउ गरेको हो । सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाउनु अघि मानवअधिकारवादी तथा स्थानियले भने अन्यत्र जे जस्तो भए पनि गुल्मीमा भने विप्लवका गतिविधि शान्त रहेको बताउँदै आएका थिए ।

सरकारले विप्लव पार्टीलाई प्रतिबन्ध लगाएसंगै जिल्ला प्रहरी कार्यलय गुल्मीले पनि विप्लव पार्टी माथि कडा निगरानी गर्दै आएको छ भने उक्त पार्टीका जिल्ला इन्चार्ज विद्यार्थी सड्गठनका प्रमुख जनसरकार प्रमुखहरु भुमिगत भएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्