Logo

युरोपियन फुटबलमा इंग्लिस क्लबको दबदबा, चेल्सी र आर्सनल युरोपा लिगको फाइनलमा



Spread the love

२७ बैशाख, काठमाडाैँ – इंग्लिस क्लब चेल्सी र आर्सनल युरोपा लिगको फाइन्लमा प्रवेश गरेका छन् । आज भएका सेमिफाइनलका आ–आफ्ना खेलमा जित निकाल्दै चेल्सी र आर्सनलले फाइनलमा स्थान बनाएका हुन् ।

युरोपा लिग अन्तर्गतको सेमीफाइनलमा चेल्सीले जर्मन क्लब फ्र्यांकफर्टलाई पेनाल्टि सुटआउटमा ४–३ ले पराजित गर्दा आर्नललले भने स्पेनिस क्लब भ्यालेन्सियालई समग्रमा ३–७ गोल अन्तरले पराजित गर्यो ।

चेल्सि र फ्र्यांकफर्टो खेल बराबरीमा सकिएपछि पेनाल्टीबाट खेलको निर्णय गरिएको थियो । खेलको निर्धा्रित समयको पहिलो हाफमा लोफतस चिकले गोल गर्दै चेल्सिलाई अग्रता दिलाए पनि खेलको दोश्रो हाफको चौथो मिनेटमा लुका जोभिचले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि खेल पेनाल्टि सुटआउटमा गएको थियो ।

उता आर्सनलले भने भ्यालेन्सिया विरूद्ध एकतर्फी जित निकाल्दै फाइनलमा स्थान बनाउँन सफल भयो । आर्सनलका लागि अबामियाङले ह्याट्रिक तथा लाकाजेटले १ गोल गर्दा केभिन गमेरोले २ गोल गरे । जुन अबामियाङ र लाकाजेटको गोलसँगै छाँयामा परे ।

युरोपा लिगको फाइनल मे २९ का दिन बाकु ओलम्पिक स्टेडियममा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्