Logo

दुर्घटनामा युवकको मृत्यु



Spread the love

२७ बैशाख, पाल्पा – पाल्पाको रामपुरमा मोटरसाइकल र ट्रयाक्टर एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–६ नयाँ बजारबाट विजयपुर बजारतर्फ आउँदै गरेको बा४५प ८३६८ नं को मोटरसाइकल र किसानबारी बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु३त ७९७२ नं को ट्रयाक्टर एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार रामपुर नगरपालिका–५ बाङ्गेपसलका १९ वर्षीय सञ्जु रानाको मृत्यु भएको हो । उनको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिंह रानाले जानकारी दिए ।

मोटरसाइकलमा सवार १८ वर्षीय राहुल सुनारी घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम तानसेन लगिएको छ । ट्रयाक्टर चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्