Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

१५ फागुन, काठमाडौँ ।आज नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि भएको छ । मंगलबार र बुधबार लगातार घटेको सुनको भाउ बिहीबार बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार बुधबार प्रतितोला ७९ हजार ५ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा २ सयले बढेर ७९ हजार ७ सयमा कारोबार भैरहेको हाे । यस्तै, बिहीबार तेजाबी सुन प्रतितोला ७९ हजार ४ सयमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको भाउ भने घटेको छ । बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ९ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्