Logo

जाजरकोटमा महामारी रोक्न म्याद गुज्रेको औषधि पठाइयो



Spread the love

 

२७ बैशाख, काठमाडौं ।

जाजरकोटमा महामारी रोक्न म्याद गुज्रेको औषधि पठाएको छ । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले महामारी फैलन सक्ने ठाउँमा पठाएको औषधिको म्याद बाटोमै गुज्रेको हो ।

गर्मीयाम सुरु भएसँगै जिल्लाका ग्रामीण क्षेत्रमा झाडापखाला, टाइफाइड, ज्वरोजस्ता समस्या देखिन थालेका छन् । यस्तो अवस्थामा औषधि अभाव हुन नदिन जिल्लाका मुख्य स्वास्थ्य संस्थामा तयारी हालतमा राख्ने भन्दै ती औषधि पठाइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले सातवटै स्थानीय तहमा पठाएको अधिकांश औषधिको म्याद हप्तादिन मात्र बाँकी छ । केही औषधिको भने म्याद गुज्रिसकेको छ ।

बढीजसो स्टासेफ नामक औषधि रहेको नलगाड नगरपालिका नगरस्वास्थ्य शाखाका प्रचण्ड कार्कीले जानकारी दिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्