Logo

पोखरामा आपराधिक गतिविधि रोकथाम सम्बन्धी प्रहरी अधिकृतलाई अनुशिक्षण तालिम



Spread the love

२७ बैशाख, पोखरा ।

साइबरका माध्यमबाट हुने गरेका आपराधिक गतिविधिलाई रोकथाम गर्ने विधिबारे जानकारी गराउने उद्देश्यले पोखरामा प्रहरी अधिकृतलाई अनुशिक्षण तालिम प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो काठमाडौँ र गण्डकी प्रदेश तालिम केन्द्रद्वारा छैटौँ समूहको उक्त तालिममा २९ प्रहरी अधिकृतको सहभागिता रहेको थियो ।

तालिमको अवसरमा गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दानसिंह बोहराले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै आपराधिक कार्यमा प्रविधिको प्रयोगले अनुसन्धान वास्तवमै चुनौतीपूर्ण बन्दै गइरहेकाले अनुसन्धानमा प्रविधिको प्रयोगको विकल्प नरहेको बताए ।

तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमको संयोजक प्रहरी निरीक्षक विष्णु विकले दिनप्रतिदिन प्रविधि र विकासको पहुँचले आपराधिक क्रियाकलापको अनुसन्धान जटिल बन्दै गएकाले प्रविधिसँग जानकार प्रहरी जनशक्ति उत्पादनका लागि तालीम सञ्चालन गरिएको बताए ।

समापन कार्यक्रममा सङ्घीय प्रहरी एकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह, प्रदेश ट्राफिक प्रहरी प्रमुख वीरेन्द्रकुमार बस्याल, क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराका प्रमुख लालमणि आचार्यलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्