Logo

बार्सिलोनाका समाचारले भरिए स्पेनका पत्रिकाहरू



Spread the love

२७ बैशाख,काठमाडाैँ – च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा ३–० को फाइदा लिएर दोश्रो लेग खेल्न एनफिल्ड पुगेको बार्सिलोनामाथि मंगलबार राति ठुलो बज्रपात पर्यो । पहिलो लेगमा ३ गोलको फाइदा लिए पनि दोश्रो लेगमा कुनै गोल गर्न नसक्दा इंग्लिस क्लब लिभरपुलसँग ४ गोल खाँदै बार्सिलोना यो सिजनको च्याम्पिन्स लिगको दौडबाट बाहिरियो ।

यो सिजन बार्सिलोनाले गर्ने नहुने गल्ति गर्यो । गत सिजन पनि क्याम्प नोउमा भएको पहिलो लेगमा ४ गोल गरेको बार्सिलोना इटालियन क्लब रोमाको मैदानमा गोल गर्न नसकि ३ गोल खाँदै च्याम्पियन्स लिगको क्वाटर फाइनलबाटै बाहिरिएको थियो । यो सिजन पनि बार्सिलोना त्यही खराब लयबाट बिग्रियो । यो सिजन च्याम्पिन्स लिगको उपाधि चुम्ने बार्सिलोनाको सपनालाई बाढिको भेलले बगाएर लग्यो ।

बार्सिलोनाले अनपेक्षित हार ब्यहोरेपछि अहिले बार्सिलोना तनावमा छ । समाचारमा आए अनुसार बार्सिलोना क्लबको लय सुधार्नका लागि आवश्यक बैठक समेत बसिसकेको छ । क्लबको बैठकबाट बार्सिलोनालाई सहि लयमा ल्याउन सकिने कुराहरूको छिनोफानो भएको छ  । अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरूमा जनाए अनुसार बार्सिलोनाले यो सिजन क्लबका १० जना खेलाडीलाई बिदाई गर्दैछ । जुन सूचिमा ब्राजिलियन खेलाडी कौटिन्हो र लुइस स्वारेको नाम समेत समावेश छ ।

१० जना खेलाडी बेचेर बार्सिलोना केहि स्टार खेलाडी बनाउने पक्षमा रहेको विषयलाई अहिले स्पेनका हरेक सञ्चार माध्यमहरूले प्रमुख विषय बनाइरहेका छन् । अहिले स्पेनमा जल्दो बल्दो समाचार नै बार्सिलोनाको शिर्षकमा राखेका पत्रिकाहरू अनलाइनमा व्यापक छन् ।

प्रतिक्रिया दिनुहोस्