Logo

रौतहटमा घर भत्किदा ४ महिने शिशुको मृत्यु



Spread the love

२७ वैशाख, रौतहट। राजपुर नगरपालिका-८ बलुवागोठमा घर भत्किदा १ बालकको मृत्यु र २ जना घाइते भएका छन्।

घर भत्कदा ४० वर्षीय राम लोचन  र उनको श्रीमती ३५ वर्षीया मरछिया देबी घाइते भएका हुन् भने उनका ४ महिनाका छोरा सन्तलाल रामको मृत्यु भएको हो ।लोचनको माटो र ईट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर भत्कदा पुरिएर घाइते भएका तिनै जनालाई गौर अस्पतालमा लागिएको थियो र बालकको उपचारको क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय राजपुर, रौतहटबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उक्त परिवारलाई उद्धार गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्