Logo

कहालीलाग्दो घटना, श्रीमान् विदेश गएका बेला ५ वर्षसम्म बन्धक बनाएर बलात्कार



Spread the love

२८ बैशाख, काठमाडौ ।

विराटनगर रानीकी ३६ वर्षीया महिलाको जीवनमा भएको घटना कहालीलाग्दो छ। उनको विवाह २०५७ सालमा सर्लाहीको मलंगवामा भएको थियो। विवाहको २ वर्षपछि २०५९ सालमा काखे छोरा र उनलाई छाडेर श्रीमान् विदशे गए।

श्रीमान् विदेश रहेकै बेला छिमेकी सुरेन्द्र महतोले घरमै आएर जबर्जस्ती गरे। आफ्नै घरमा लगेर ५ वर्षसम्म बन्दी बनाएर राखे। बन्दी अवस्थामै उनले छोरासमेत जन्माइन्। २०६१ सालमा जन्मिएका छोरा १४ वर्षको भइसकेको छ तर जन्मदर्तासमेत हुन सकेको छैन।

मलंगवाका धनाढ्य परिवारका छोरा सुरेन्द्रले श्रीमती हुँदाहुँदै उनलाई घरमा बन्दी बनाएर राखेको उनले बताइन्। राजनीतिक आड पाएका सुरेन्द्रसँग गाउँका मान्छेसमेत डराउने गरेकाले आफूलाई कसैले सहयोग नगरेको उनले बताइन्। झुक्याएर श्रीमान्सँग समेत सम्बन्धविच्छेद गराइदिएको उनले बताइन्।

सुरेन्द्रले आफ्नो जीवन बर्बाद पार्दा पनि सर्लाहीको प्रहरी प्रशासन र सरोकारवाला निकाय मौन बसेको उनले बताइन्। माइतीमा बस्दै आएकी उनले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले विराटनगरमा आयोजना गरेको महिला हिंसा न्यूनीकरण, मानव अधिकार संरक्षण एव नेपाल प्रहरीको जवाफदेहितासम्बन्धी कार्यक्रममा आफ्ना पीडा सुनाएकी हुन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्