Logo

रहेनन् संचारकर्मी सुरज श्रेष्ठ



Spread the love

२८ बैशाख, काठमाण्डौ ।

इमेज एफएमका पूर्व स्टेशन म्यानेजर तथा लोकप्रिय रेडियोकर्मी सुरज श्रेष्ठको निधन भएको छ ।

लामो समयदेखि मोर्टार न्युरोन डिजिज एमएनडीबाट पीडित ४५ वर्षिय श्रेष्ठको गएराति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

बुलन्द स्वरका कारण चर्चामा रहने श्रेष्ठका थुप्रै गीतमा प्रोमोहरु छन् । श्रेष्ठले थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरेका छन् । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्