Logo

जनतालाई अधिकार दिलाउन काङ्ग्रेस जस्तोसुकै मूल्य चुकाउन पनि तयार छ : नेता सिंह



Spread the love

२८ बैशाख, काठमाडौं ।

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले मुलुकमा सुशासन दिन नसकेको आरोप लगाएका छन्। नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उनले सम्बृद्धिको नारा लगाएको सरकारले सुशासन दिन नसकेको बताएका हुन् ।

“सरकार विकास बजेट खर्च गर्न नसकेर सङ्घीयतालाई असफल बनाउन लागिरहेको छ”, उनले भने । पूर्व उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले संसद्को मर्यादालाई पालना गर्न नसकेको आरोपसमेत लगाए ।

उनले नेपाली जनतालाई अधिकार दिलाउन काङ्ग्रेसले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए। नेता सिंहले पहिलो संविधानसभा निर्वाचनमा चारजना कम्युनिष्ट प्रधानमन्त्री बन्दासमेत मुलुकमा संविधान निर्माण गर्न नसकेको भन्दै काङ्ग्रेस पार्टीले मात्र मुलुकको विकास गर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्