Logo

सन्दिप आज स्वदेश फर्किँदै



Spread the love

२९ बैशाख, काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज (आइतबार) स्वदेश फर्कने भएका छन् ।

भारतमा जारी १२ औं संस्करणको आईपीएल खेलेर सन्दीप आइतबार अपरान्ह स्वदेश फर्कने छन् । सन्दीप आइतबार २:३५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने नेपाली राष्ट्रिय टोलीका टिम व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराए ।

आईपीएलमा सन्दीपले दिल्ली क्यापिटल्सबाट खेलेका थिए । तर, उनको टिम दिल्ली दोस्रो क्वालिफायरमा चेन्नई सुपर किङसंग पराजित भएको थियो । दिल्ली फाइनल पुग्न असफल भएपछि सन्दीप स्वदेश फर्किने भएका हुन् ।

यस सिजन सन्दीपले ६ खेल खेल्दै ८ विकेट लिएका थिए ।

यो समाचार खेलपाटी डटकममा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्