Logo

ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु



Spread the love

२९ बैशाख, याङ्गुन  – म्यान्मारको कायिन राज्यमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् ।

म्यान्मारको गृह मन्त्रालयका अनुसार उक्त दुर्घटना शुक्रबार बिहान हाइलाङब्वे शहरमा भएको थियो ।

पहाडी मार्गमा उकालो चढ्दै गरेको ट्रक इन्जिनमा खराबी आएसँगै खोल्सामा झरेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

नगर प्रहरीले ट्रक चालकलाई लापरबाही तरिकाले ट्रक चलाएको आरोपमा पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्